arrow

रिडी–रुद्रवेणी–वामीटक्सार सडकखण्ड सञ्चालन

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
ridi.jpeg
गुल्मी । गुल्मीको रिडी–रुद्रवेणी–वामीटक्सारअन्तर्गतको सडकखण्डको मोटरबाटो एक महिनापछि सञ्चालनमा आएको छ । 
 
एक महिना अगाडि बढिघाट नदी जोहाङ गाविसको उर्लिखोलामा नदीले ७०० मिटर सडकखण्ड बगाएपछि सडक अवरुद्ध बनेको थियो । 
 
उक्त नदीले बगाएको सडकखण्डअन्तर्गत उर्लिखोलामा वैकल्पिक मार्गका रुपमा एक किमी नयाँ सडकखण्ड निर्माण र रुपाकोटको सिस्नेमा सडक विस्तार गरी मर्मतपछि झन्डै एक महिनापछि उक्त सडकखण्ड सञ्चालनमा ल्याइएको तम्घास सिमलटारी सडक आयोजनाका सवइन्जिनियर दिनेश ओझाले जानकारी दिए । 
 
जिल्लाको अति व्यस्त मानिने उक्त कच्ची सडकखण्ड खुलेसँगै सयौँ सवारी साधन आवतजावतले आमसर्वसाधारणमा सहजता ल्याएकोसमेत छ । 
 
उक्त सडकखण्ड लामो समयपछि सञ्चालन हुँदा स्थानीय बासिन्दा हर्षित भएका छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ