बझाङ। बाढी र पहिरोले ठाँउ ठाँउमा बाटो भत्काई दिए पछि दुई गाविसका स्थानीय बासीन्दा हत्केलामा ज्यान राखेर दैनिक रुपमा यात्रा गर्न बाध्य भएका छन्। दौलिचौर गाविस र सुर्मा गाविसका स्थानीय बासिन्दाको हिड्ने मुल बाटो पहीरोले भत्काई दिए पछि कठीन यात्रा गर्न बाध्य भएका हुन्।
सुर्मा गाविसका स्थानीय बासिन्दा र दौलीचौर गाविसका स्थानीय बासिन्दा हिडडुल गर्ने मुल बाटोमा ठाँउ ठाँउमा पहिरो जाँदा विच विचमा बग्ने बाउलीगाडमा पुल नहुँदा कठिन पुर्ण यात्रा गर्न बाध्य भएको स्थानिय शान्ति बोहोराले बताए। पहिरोका कारण ढुगाँ र माटो बग्ने गरेको भएपनि सो समय मै यात्रा गर्नु पर्छ उनले बताए। दैनिक रुपमा दाउरा विक्री गरेर जीवन निर्वाह गर्ने गरेका यस गाविसका स्थानीय बासिन्दाहरुलाई असार ३१ गते बाउली खोलामा आएको बाढीले खोलामा हालेका काठे पुल तथा साँगाहरु बगाए पछि अहीले ओहोर दोहोर गर्न निकै असहज भएको बोहराको भनाई छ।
झण्डै ७ ठाँउमा खोला तर्नु पर्छ एक ठाँउ मात्र काठे पुल हालेको छ, बाँकी सबै ठाँउ स साना बालबालीका, महिला, वृद्धवृद्धाले बाध्य भएर खोला तर्नु पर्छ कती बेला खोलाले बगाउन्छ भन्ने चिन्ता लागि रहन्छ। एक्लै खोला तर्न सकीदैन सदरमुकाम चैनपुरमा एक जनाको काम भए साथमा २/३ जनालाई संगै लिएर हिड्नु पर्छ दौलीचौर गाविस ७ की जोगा बोहराले बताए। भारी संग त झत कुन ठाँउमा ज्यान जाने हो मनमा ढुकढुक भएको हुन्छ। भारी नबोकी हुदैन सदरमुकाम चैनपुर बाट खाद्यान लिएर छोरा छोरी पाल्नु पर्छ चणी बोहराले बताए। पानीपारा भन्ने ठाँउमा गएको पहिराले मान्छेलाई आवत जावतमा निकै कठिनाई उत्पन्न गराई दिएको छ एक्लो हिड् सक्ने स्थिती नै छैन भारी संग त झन काललाई निम्ता गरे जस्तै हो उनले भने।
आज पहिरो हटाए भोली उस्तै हुन्छ , फेरी माथी बाट पहिरो खस्न छोड्दैन यसमा सरोकारवालाले कुनै चाँसो नै दिएको छैन यस क्षेत्रमा विषेस गरेर महिलाहरु बढी काम गर्न पर्छ बोहराले बताए।
सो बाटोका हिड्दा आफ्नो ज्यान हत्केलामा राखेर हिडे सरह नै हुन्छ घर बाट निस्कीयो कती बेला कहाँनेर के हुनेको जिन्दगीको भरोसा नै हुन्न। हाल सम्म खोलाले बगाएर ३ जना भन्दा बढीको ज्यान गै सकेको छ। विषेस गरेर बालबालीका लाई बढी जोखीम स्थानीय कलक बोहराको भनाई छ।
सरकारले यस क्षेत्रका स्थानीयहरुलाई आफ्नो नागरीक नै हैनन् भन्ने सम्झेको छ की क्या हो नत्र कीन सौतेनी ब्यावहार गरी रहेको छ त ? हाल सम्म कुनै पनी निकायले यस प्रति चाँसो नै राखेको छैन बाटो घाटो पुल पलेसा बनाई दिने भनेर भाषण गर्ने राजनैतिक दलका नेताहरुले बाटो मात्र बनाई दिए काठे पुल ठाँउ ठाँउमा हाल्न सहयोग गरी दिए हाम्रो मन कती खुःसि हुन्थ्यो यहाँका स्थानीयको गुनासो छ।