arrow

प्रिमियर लिगमा आज दुई खेल हुँदै, म्यान्चेस्टर सिटीले वेस्टहामको सामना गर्ने

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
premier-league-football.jpeg
काठमाडौं।प्रिमियर लिग अन्तर्गत आज राति दुई खेल हुँदैछ। पहिलो खेल वेस्टब्रोमवीच र मिडल्सब्राउजबीच हुनेछ। खेल नेपाली समय अनुसार सवा ६ बजे सुरू हुनेछ। 
 
अर्को खेलमा राति पौने ९ बजे सिजनका दाबेदार म्यान्चेस्टर सिटीले वेस्टहाम युनाइटेडको सामना गर्देछ। सिटी आज पनि सुखद नतिजा निकाल्दै सिजनमा आफ्नो अपराजित यात्रालाई निरन्तर्रता दिने दाउमा छ। २ खेल खेलिसकेको सिटीले दुवै खेलको नतिजा आफ्नो पक्षमा पारेको छ। 
 
दुई खेल नै खेलेको वेस्टहामले भने एक जित निकाल्दा एक हार बेहोरको छ। 
 
अंक तालिकामा समान ९ अंक सहित चेल्सी र म्यान्चेस्टर युनाटेड क्रमश: पहिलो र दोस्रो स्थानमा छ। दुवै टिमले ३ खेल खेलिसकेका छन्। ३ खेल नै खेलेको एभर्टन तेस्रो स्थानमा छ। 
 
जारी सिजनमा चेल्सी, म्यान्चेस्टर युनाइटेड, इभर्टन र म्यान्चेस्टर सिटी अपराजित टिमहरू हुन्।



नयाँ