arrow

बाँदरले आतङ्क मच्चाएपछि अन्नबाली छोड्दै कृषक

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
monkeywithmaize.jpeg
पाल्पा। बाँदरको आतङ्कबाट पीडित ग्रामीण भेगमा कृषक अन्नबाली छोडी व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । मकै, गहुँ, तरकारीलगायत खेतीमा बाँदरले नोक्सान पुर्‍याएकाले उनीहरुले व्यावसायिक रुपमा कागती खेती सुरु गरेका हुन् । 
 
देउरालीका कृषक कृष्णप्रसाद गौतमले बारीमा एक सयभन्दा बढी कागतीको बिरुवा लगाएका छन् । उनले मकै र अन्य तरकारी खेती छाडेर यस वर्षदेखि कागती खेती सुरु गरेका हुन् । छहरा अम्लाबासका कृषक बोधराज पोखरेलले पनि अन्य फलफूल खेती गर्न छोडेर कागती खेती सुरु गरेका छन् । 
 
दुई वर्षयता जिल्लाका कृषकले व्यावसायिक रुपमा कागती खेती गर्न थालेका छन् । अन्य बाली तथा फलफूल लगाउँदा बाँदरबाट जोगाउन कठिन भएका कारण अमिलो जातको फलफूलतर्फ आकर्षित हुन बाध्य भएको ठिमुरेका कृषक कमल खनाल भन्छन् – “बारीमा मकै लगायो बोटमा घोगा लाग्न नभ्याउँदै बाँदरले खेती नष्ट गरिदिन्छ ।” 
 
जिल्लाका ५० भन्दा बढी गाविसका कृषकलाई बाँदरले सताएको छ । यम्घाकी कृषक वसन्ती बस्याल पनि बाँदरबाट हैरान भएर अहिले अमिलो जातको फलफूल लगाउन थालेको बताउछन् । मकै, गहुँ, कासेबाली, मेवा, सुन्तला बादरबाट जोगाउन नसकिएको उनले बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ