arrow

विशेषदूत भारत र चीन किन पठाउनु पर्‍यो प्रधानमन्त्रीज्यू ?

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
1472369498156_IMG_0387.jpeg
काठमाडौँ। व्यवस्थापिका–संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले प्रधानमन्त्रीले उपप्रधानमन्त्रीद्वयलाई विशेषदूतको रुपमा छिमेकीमूलुकमा पठाउनुपर्ने कारण बारेमा प्रश्न उठाएको छ । 
 
संसद्को आजको बैठकमा समय माग गर्दै एमालेका उपाध्यक्ष भीमबहादुर रावलले सयुक्त राष्ट्र सङ्घ र पञ्चशीलको सिद्धान्त विपरित के परिस्थिति परेर सरकारले उपप्रधानमन्त्रीलाई दूत बनाएर छिमेकीमुलुकमा पठाउनु पर्‍यो ? भनी प्रश्न गरेका हुन् । 
 
सांसद रावलले मुलुकको सार्वभौमसत्ताप्रति सरकार संवेशनशील हुनुपर्ने धारणा राख्दै प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्रीलाई गरेको पत्राचारको बारेमा पनि स्पष्ट पार्न माग गरे । 
 
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री दाहालको विशेष दूतकोरुपमा केही दिनअघि उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि भारत र उपप्रधानमन्त्री एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीन गएका थिए । 
 
बैठकमा सांसद अग्नि खरेलले वर्तमान सरकार निर्माणका बेला भएका विभिन्न सहमति र सम्झौताका बारेमा टिप्पणी गर्दै सरकारले संविधानलाई सर्वस्वीकार्य बनाउन के काम गरिरहेको छ ? भनी प्रश्न गरे । 
 
यसअघि निर्धारण भएको स्थानीय निकायको निर्वाचन समयमै हुन्छ कि हुँदैन भन्ने प्रश्न गर्दै संविधान कार्यान्वयनमा हिजोको सरकारले बनाएको तालिकाको कार्यान्वयनका बारेमा पनि जानकारी माग गरे । 
 
२०७४ साल माघ ७ सम्म संसद्को म्याद भएकाले त्यस अवधिसम्म संविधान कार्यान्वयनका लागि निर्वाचन हुन्छ कि हुदैँन भन्दै खरेलले संविधान सर्वस्वीकार्य बनाउने काममा संसद्लाई आश्वस्त पार्नुपर्ने पनि माग गरे । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ