arrow

कमल थापाले भतिजा अभिषेकलाई बनाए राप्रपा नेपालको खेलकुद विभाग प्रमुख

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २ सोमबार
abhisekh-thapa-kamal-thapa-rpp-nepal.jpg

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले खेलकुद विभाग प्रमुखमा अभिषेक थापालाई मनोनयन गरेको छ । सोमबार पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय समस्यसमेत रहेका अभिषेकलाई खेलकुद विभागको जिम्मेवारी सुम्पिएका हुन् । 

‘राप्रपा नपालको विधानबमोजिम तपाईलाई खेलकुद विभागको प्रमुख पदमा मनोनयन गरिएको सहर्ष जानकारी गराउँदछु,’ विज्ञप्तिमा भनिएको छ । कमल थापाका भतिजा अभिषेक अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाका छोरासमेत हुन् । 

‘आफूलाई दिइएको जिम्मेवारी सक्रिय एवं इमान्दारीपूर्वक निर्वाह गरी राप्रपा नेपाललाई देशको एक अग्रणी राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको रूपमा स्थापित गर्ने अभियानमा योगदान गर्नुहुनेछ भन्ने विश्वास लिएको छु,’ कमल थापाले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।  

युवाबीच चर्चामा रहेका अभिषेक राप्रपाबाट राप्रपा नेपालमा आएका हुन् । राप्रपाका उनी निर्वाचित केन्द्रीय सदस्य रहेका थिए । 

थापा परिवारको रगतमै खेलकुद भएकाले पनि अभिषेकलाई उक्त जिम्मेवारी दिएर अध्यक्ष थापाले न्याय गरेको विश्लेषणसमेत गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ