arrow

अर्घाखाँची जीप दुर्घटनामा ९ को मृत्यु, ६ घाइते मध्ये ३ को अवस्था चिन्ताजनक (अपडेट)

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
Arghakhanchii-hamrakura.jpeg
सन्धिखर्क । अर्घाखाँचीको सन्धिखर्कबाट प्यूठानको वादीकोट जाँदै गरेको यात्रु जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
 
घाइतेको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ । घाइते ६ मध्ये ३ जनाको अवस्था चिन्ताजनक छ । जीपमा १७ देखि १८ जना रहेको बताइएको छ ।
 
९ जनाको शव भेटिएको र एक दुई जना अझ हुन सक्ने शंकामा खोजी जारी छ । यद्यपि, घटनास्थल पुगेको प्रहरी टोलीले मृत्यु पुष्टी गर्न सकेको छैन । 
 
ग १ ज ४८७८ नम्बरको जीप हंसपुर– ५ रतनमारेमा दिउँसो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । जीप करिब ७ सय मिटर तल खसेको प्रहरीको भनाई छ । 
 
प्रहरीले जीप चालक यामवहादुर शिरीषलाई नियन्त्रणमा लिएको छ । चालकले जीपको टायर पम्चर र ब्रेक फेल भएपछि जीप खसेको बयान दिएको प्रहरीले जनाएको छ ।
 
घाइतेलाई उद्धार गरी अस्पताल पठाइएको छ भने, मृतकको सनाखत हुन सकेको छनै । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ