arrow

नेपाली राजदूतावासको अङ्ग्रेजी भाषा परिवर्तन

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
ministry.jpg.jpeg
काठमाडौं । विदेशस्थित नेपाली राजदूतावासको नाम अङ्ग्रेजी भाषामा एम्बेसी अफ नेपाल र छोटकरीमा नेपाली एम्बेसी लेखिने भएको छ । 
 
नेपाल सरकार परराष्ट्र मन्त्रालयको आइतबारको मन्त्रीस्तरको निर्णयअनुसार यसअघि नेप्लिज एम्बेसी भनिने गरेकामा यसलाई नेपाली एम्बेसी सम्बोधन हुनेगरी निर्णय भएको हो । 
 
त्यसैगरी महावाणिज्य दूतावासको नाम अङ्ग्रेजी भाषामा कन्सुलेट जनरल अफ नेपाल र छोटकरीमा नेपाली कन्सुलेट जनरल सम्बोधन गरिने भएको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
नेपाली शब्दलाई अन्तर्राष्ट्रियरुपमा थप परिचित गराउन र विदेशस्थित कूटनीतिक नियोग र दूतावासलाई गरिने सम्बोधनको भाषामा एकरुपता ल्याउन परराष्ट्रमन्त्री डा प्रकासशरण महतले यो निर्णय गर्नुभएको हो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ