arrow

जनसम्पर्क समिती जापानमा कँडेल प्यानल विजयी

logo
प्रकाशित २०७३ भदौ १२ आइतबार
nejasa-japan-kadel-win.jpeg
जापान। नेपाली जनसम्पर्क समिति जापानमा डिपी कँडेल प्यानल बिजयी भएको छ। निर्वाचन कमिटीका संयोजकले दिएको राजिनामा स्विकृत भईनसकेकोले निर्वाचन कमिटीका सदस्य बिनोद खनालको उपस्थिति तथा महाधीबेसन प्रतिनिधीहरु सुबास लोहनी, पासाङ शेर्पा, पूर्व महाधिबेसन प्रतीनिधी तथा काउन्सिल सदस्य कपिलदेब थापा लगायतको उपस्थितीमा मतगणना सम्पन्न भएको थियो। 
 
निर्वाचनमा रोशन केसी पक्षले उमेदवारी दर्ता गरेपनि मतगणना बहिस्कार गरेको थियो। तर मत गन्दा त्यस्तो अवस्था नदेखिएको बताइएको छ। डिपी कडेलले ३४६ मत पाउदा रोशन केसीले ३९ मत प्राप्त गरेका थिए। महामन्त्रीतर्फ रामजँग कार्कीले ३३७ मत प्राप्त गर्दा प्रतिष्पर्धी रोशन केसी प्यानलका रेशम डंगोलले ४१ मत प्राप्त गरे। कोषाध्यक्षतर्फ बाबुराम सापकोटाले ३४० मत प्राप्त गरी बिजयी भए भने उनकी प्रतिष्पर्धी साबित्री लामाले ३८ मत प्राप्त गरिन। सदस्यतर्फ दुबै प्यानलको तिब्र प्रतिस्पर्धा देखिएपनि डिपी कडेल प्यानलकै पुरै सदस्यहरु बिजयी भए। खुल्लातर्फ राजेन्द्र प्रसाद जमरकट्टेल, पुस्करजँग थापा, पेम्बा लामा, धुर्वकुमार थापा, प्रेम कंडेल, हरिप्रसाद कडेल, जीवन खड्का, लक्ष्मण थापा, राजन कुमार गिरी, उल्लास पान्डे, कृष्ण गैरे, बद्री पौडेल, शुसिल पौडेल, लक्ष्मण बानीया, भिमलाल गैरे, अशोक शर्मा, सुजन खड्का, कृपन दाहाल, नबिन सागर सापकोटा, राम बहादुर कार्की बिजयी भए। 
 
महिला तर्फबाट नागोया क्षेत्रकी निबर्तमान सभापती साधना घिमीरे, सुस्मा लामा, गितादेबी कँडेल बिजयी भए। त्यस्तै जनजातीतर्फ दिपक बुर्जा मगर, मिनराशी गुरुङ र मेख बहादुर लामा बिजयी भएका छन्। रोशन केसी प्यानलबाट पनि सदस्यहरुमा टिकाराम खरेल, धुर्व बस्नेत, रामशरण रेग्मी, सुजन जोशी, बिष्णु अर्याल लगायतले सम्मानजनक मत प्राप्त गरे। २९ जना निर्वाचितहरु सभापति शेर बहादर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण प्रसाद सिटौला निकटको संयुक्त प्यानलका हुन्। बिजयी उमेदवारहरुलाई अर्को महिना रामचन्द्र पौडेलको हातबाट प्रमाणपत्र हस्तान्त्रण गर्ने कार्यक्रम तय भएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ