काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा दक्षिणकाली यातायातको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने, एक जना सख्त घाइते भएका छन् ।
दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले बा७३ प ४३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटर साइकलमा सवार विवेक बराइलीको मृत्यु भएको हो ।