arrow

वनरक्षक र तस्करबीच गोली हानाहान

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
Parsa-hamrakura.jpg.jpeg
पर्सा  । सशस्त्र वनरक्षक र तस्करबीच पर्सामा गएराति दोहोरो गोली हानाहान भएको छ । पर्साको मधुवनमथवल वन क्षेत्रमा गएराति वन फँडानी गर्ने तस्करलाई रोक्न खोज्दा दोहोरो गोली हानाहान भएको हो । 
 
नियमति गस्तीमा रहेको इलाका वन कार्यालय बढनियारको वन रक्षकमाथि राति १ बजेको समयमा तस्करले गोली चलाएको पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले जानकारी दिए । 
 
उनले बढनिहार रेन्जपोस्टका जमदार प्रदीप तिमिल्सिनाको नेतृत्वमा गएको वनरक्षकको टोलीले रूख फँडानी गरिरहेकालाई रोक्न खोज्दा तस्करवाट रक्षकलाई नै लक्षित गरी चार राउन्ड गोली प्रहार गरिएको र सोको प्रतिकारमा रक्षकबाट तीन राउन्ड गोली प्रहार भएको बताए । 
 
प्रजिअ घिमिरेका अनुसार, तस्कर र वनरक्षकबीच भएको दोहोरो गोली हानाहानमा कुनै मानवीय क्षति नभएको र बनरक्षकले घटनास्थलबाट फँडानी गरिएका चार थान सालको काँचो गोलाइ, वन फँडानीमा प्रयोग गरिएका दुई थान आरा एवम् चार थान साइकल बरामद गरेका छन् । घटनामा संलग्न रहेकाको खोजी कार्य भइरहेको पनि उनले बताए । 
 
बरामद गरिएको आरा, साइकल र काठलाई आवश्यक कानुनी कारबाहीका लागि इलाका वन कार्यालय बढनिहारमा राखिएको प्रहरीले जनाएको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ