arrow

बाली पर्थाका कारण संकटमा पर्‍यो आरन पेशा

logo
नारायण रिजाल,
प्रकाशित २०७३ भदौ १३ सोमबार
aaran-jobs.jpeg
बागलुङ। जिल्लाको हिल, अर्गल, ताराखोलाका दलित समुदायले गर्दै आएको आरन पेशा संकटमा पर्न थालेको छ। पुख्यौली पेशा सगाल्दै आए पनि बालि पर्थाका कारण अहिलको परिवेश अनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाहरुले उक्त पेशालाई छोडदै गएका छन। पछिल्लो समयमा युवाहरु आफ्नो पुखौली पेशा भन्दानी बैदेशिक रोजगारका लागी आकर्षित बन्न थालेका हुन। 
 
दिनभर फलाम पिटेर विभिन्न औजार बनायो बर्षभरीको बाली ५ पाथी देखि १२ पाथी मकै, गँहु, दिने गर्छन अर्गल सिलेका ७० बर्षिय भिम बहादुर बिकले भने,  परिवार पाल्नै मुस्किल छ, उहि पुरानो रितिरिवाज बाली घरे प्रथालाई युवाहरुले अगाल्न सकेका छैनन् पुखौली पेसा छोड्न बाध्य छन।
 
सानो छाप्रामुनी आरन चलाई रहेको बिकलाई अहिले निकै कठिनाई परेको छ। गाउँमा उनिमात्र एक्लै सो पेशा धान्दै आएका छन। दिन रात काम गर्‍यो उचित किसिमको पारिश्रमिक पाईएको छैन। उनि भन्छन हातमा ठेला उठेको छ कसैको सहयोग छैन छोरानाती यो पेशा अगाल्न चाहदैनन। 
परिवार धान्नका लागि सकी नसकी गर्नुनै पर्दो रहेछ। अहिलेका युवाहरुले यस्तो पेशा छोड्दै गएका कारण यस जातिले अवलम्बन गर्दै आईरहेको पुख्र्यौली पेशा हराउँदै गएको उनीहरुको भनाई छ। ‘कतिञ्जेल आरनमा बसेर जिविकोपार्जन गर्ने ? बिहान बेलुका छाक टार्न समेत धौ–धौ हुन्छ’, 
 
वि.क.ले भने कहिले फेरिन्छ गरिबीको जुनी ? 
पछिल्लो समयमा आफ्नो पेशा त्याग्न नसकेका कारण नै आफ्नो र सन्तानको भविष्य निर्माण गर्न निकै मुस्किल गरिरहेको दलित सञ्जाल अर्गलका अध्यक्ष गोबिन्द्र परियारले बताउँछन। राज्यले अरु पेशा ब्यवसायलाई जस्तै यसलाई पनि सहयोग र आवश्यक व्यवस्था मिलाई दिए उनीहरुको जीवन पनि सुधार हुने परियारको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ