सुर्खेत। मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघ जीतको नजिक देखिएको छ। गणना अनुसार नेपाल विद्यार्थी संघ प्यानल सचिव बाहेक सबै पदमा अगाडि रहेको निर्वाचन समितिले जनाएको छ। जम्मा एक हजार ६ सय ९३ जना मतदाता भएकोमा ८६.४१ प्रतिशत अर्थात एक हजार चार सय ८० जना मत खसेको थियो।
सभापतिमा नेविसंघबाट झक्कु बहादुर शाही अगाडी देखिएका छन्। अध्यक्षमा शाहीले नेविसंघ ४३२, अखिल क्रान्तिकारीका राजेन्द्र बुढाले ४१० र अखिलका प्रभात पोखरेलले ३५५ मतका साथ रहेका छन्। सचिवमा भने अनेरास्ववियू अगाडी देखिएको छ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचनमा नेक्रा वि संघ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन अनेरास्ववियू, अखिल क्रान्तिकारी, नेपाल विद्यार्थी संघ, नयाँ शक्ति विद्यार्थी यूनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन छैठौं, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपाल लगायतका विद्यार्थी संगठनहरुले भाग लिएका छन्।