भाद्र २३ देखि भृकुटीमण्डपमा हुने कमटेकले इन्फोटेक कै झझल्को दिनेछ : क्यान महासचिव बलामी (भिडियो)
प्रकाशित २०७३ भदौ १३ सोमबार
1.8k
Shares
काठमाडौँ । आगामी २०७३ साल भाद्र २३ गते देखि २६ गतेसम्म भृकुटीमण्डप स्थित प्रदर्शनीहलमा क्यान कमटेक २०१६ हुने भएको छ । बिगतमा लामो समयदेखि सूचना प्रबिधि क्षेत्रको प्रर्वधनको लागि इन्फोटेक तथा सफ्फटेक आयोजना गर्दै आएको क्यान महासंघले कमटेक गर्न लागेको हो ।
अवलोकनकर्ताले इन्फोटेक तथा सफ्फटेक सुन्दै र हेर्दै आए पनि कमटेक के हो भनेर धेरैले चासो दिएका छन । कमटेक एउटा कम्युनिकेशनलाई फोकस गरेर आयोजना गर्न खोजिएको सूचना प्रबिधि क्षेत्रको प्रर्दशनी नै हो भनेर आयोजनकले जानकारी दिइएको छ ।
यही कमटेक २०१६ के हो ? अवलोकन कर्ता यो प्रर्दशनी हेर्न किन आउने ? तथा क्यान महासंघ अनुसन्धानमूलक कार्यक्रम भन्दा पनि एक्स्पो गर्न मात्र अघि बढेको देखिन्छ ? यी र यस्ता प्रश्नहरु हामीले क्यान महासंघका महासचिव बिश्वराम वलामीलाई सोधेका छौ । लामो समय देखि सूचना प्रबिधि क्षेत्रमा लाग्दै आउनु भएका महासचिव बलामीसँग हाम्राकुराका सहकर्मीले कमटेक २०१६ सग सम्बन्धित भएर गरेको कुराकानीको केही अंश ।