arrow

विकास समितिको वार्षिक प्रतिवेदन पेस

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
Samsad-Bhawan.jpg.jpeg
काठमाडौँ। व्यवस्थापिका–संसद्को आजको बैठकमा विकास समितिको वार्षिक प्रतिवेदन पेस गरिएको छ । 
 
समितिका सभापति रवीन्द्र अधिकारीले सदनसमक्ष विकास समितिको वार्षिक प्रतिवेदन पेस गरेका हुन् । अधिकारी समितिले भूकम्पपछिको पुनःनिर्माण, विकास निर्माण र अन्य समितिका कामका सम्बन्धमा सरोकारवाला निकायसँग भएका छलफल र दिएको निर्देशनका बारेमा जानकारी गराउँदै अपेक्षित रुपमा उपलब्धि हासिल हुन नसकेको बताए । 
 
समितिले दिएका निर्देशनको कार्यान्वयनको अवस्थाका बारेमा पुनः छलफल गर्नुपर्ने अवस्था रहेको बताउँदै उनले सरकार र संसद्ले एकअर्काको समन्वय गरी काम गर्नुपर्नेमा त्यसो हुन नसकेको गुनासो गरे । समितिले स्थलगत अध्ययन भ्रमणका साथै ७८ घन्टा छलफल गरेको पनि उनले जानकारी गराए । 
 
सम्झौतामाथि छलफल र अनुमोदन 
 
“व्यवस्थापिका–संसद्ले ऊर्जा सहयोगका लागि सार्क प्रारुप सम्झौता (विद्युत्) माथि छलफल गरियोस्” भन्ने प्रस्तावलाई बहुमतले अनुमोदन गरेको छ । 
 
यसअघि बैठकमा ऊर्जामन्त्री जनार्दन शर्माले उक्त प्रस्ताव अनुमोदन गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले ऊर्जा सङ्कट समाधान गर्न, उत्पादित विद्युत् वर्षायाममा निर्यात गर्नसमेत योगदान होस् भनेर प्रस्ताव ल्याइएको हुँदा यसलाई समर्थन गर्न आग्रह गरे । 
 
सेज विधेयक पारित 
 
व्यवस्थापिका–संसद्ले विशेष आर्थिक क्षेत्र (सेज) विधेयक, २०७३ लाई बहुमतले पारित गरेको छ । विधेयक पारित गर्नुअघि वैठकमा उठेका प्रश्नको जवाफ दिदै उद्योग मन्त्री नवीन्द्रराज जोशीले मुलुकको आर्थिक क्षेत्रको विकास र निर्यात व्यापार बढाउन उक्त विधेयक ल्याईएको बताएका थिए ।
 
व्यवस्थापिका संसद्मा उद्योग बाणिज्य तथा उपभोक्ता हित सम्वन्ध समितिको प्रतिवेदन सहितको विशेष आर्थिक क्षेत्र विधेयक, २०७१ माथि छलफल गरियोस् भनी प्रस्तुत गरिएको प्रस्तावमाथिको छलफलमा केही सांसदहरुले भाग लिए । संसद्को अर्को बैठक भोलि भदौ १४ गते दिनको २ बजे बस्नेछ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ