arrow

सुजाता नाचेपछि अरु थपिए, धरानमा तीजको रौनक

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
sujata-dharan-teej.jpeg
धरान। नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालाले निर्णायक तहमा महिला नपुगेसम्म महिलाहरुको हक अधिकार स्थापित हुन नसक्ने बताएकी छन्। पहिलो पटक महिला राष्ट्रपति भएकै कारण तीजको अवसरमा राष्ट्रपतिद्धारा पहिलो पटक मन्त्री, सांसद लगायत राज्यको उच्चपदस्थ व्यक्तित्वहरुलाई निमन्त्रणा गरेर तीज मनाएको प्रसंग उल्लेख गर्दै उनले अब महिलाको हक अधिकार स्थापित गर्न राज्यको हरेक निकायको निर्णायक तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने बताइन। 
 
नेपाली काँग्रेस क्षेत्र नं. १ सुनसरीले आयोजना गरेको तीज विशेष कार्यक्रमको उद्घाटन गर्दै कोइरालाले सुर्के थैली खोई बोलको गीतमा नृत्य गर्दा कार्यक्रममा विशेष रौनक छाएको थियो। उनी नाचे लगत्तै अन्य सबै अतिथि र सहभागीहरु पनि नाचेर उनलाई साथ दिएका थिए।
 
कार्यक्रममा नेपाली कांग्रेस सुनसरीका सभापति राजिव कोइराला, सचिव केदार भण्डारी, सचिव एवम् प्रवक्ता सुजेन्द्र तामाङ, नेपाल महिला संघ सुनसरीका सभापति विजया कटवाल, जिल्ला सदस्यहरु चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, माधव घिसिङ, गोविन्द बस्नेत, निलकुमारी थापा, महासमिति सदस्यहरु उमेश थापा, पर्वत राई, धरान नगर सभापति तिलक राई, नेपाल आदिवासी जनजाति संघ सुनसरीका सभापति नन्दराज राई, नेपाल तरुण दल सुनसरी सभापति सिजन गुरुङ, प्रजातन्त्र सेनानी संघ सुनसरी सभापति नन्द सिग्देल लगायतको उपस्थिति रहेको थियो। 
 
कार्यक्रममा धरानका सबै वडाका महिलाहरुले वडागत रुपमा तीज नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ