काठमाडौं । संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खेर र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।
बालुवाटारमा भएको भेटका क्रममा संयुक्त राष्ट्र संघका उपमहासचिव अतुल खेरले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली, सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीहरूले गरेको योगदानको प्रशंसा गरे ।
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने कार्यमा थप शान्ति सेना पठाइ योगदान दिने नेपालको इच्छाका लागि स्रहाना गरे । नेपालको बाँकी शान्तिप्रक्रियालाई निष्कर्षमा लैजान नेपालको प्रयासमा संयुक्त राष्ट्र संघले पनि सहयोग गर्ने इच्छा प्रकट गरे ।
जवाफमा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको वडापत्रप्रति नेपालको प्रतिवद्धता जनाउँदै नेपाली स्वयंले सुरु गरेको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगका लागि लागि धन्यवाद दिए ।
प्रधानमन्त्रीले नेपाली शान्ति सेनाले विश्वका कठिन ठाउँहरूमा शान्ति स्थापनाका लागि गरको योगदानको मूल्यांकन गर्दै शान्ति सेनाको संख्या र शान्ति स्थापना सम्बन्धि भूमिकामा नेपालको प्रतिनिधित्व बढाउने नेपालको धारणा प्रधानमन्त्रीको भनाई छ ।