arrow

तरुण दल र महिला संघमा सिटौला समुहले छुट्टै उमेद्वार उठाउने

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
tarun-krishna-sitoula-meet-1.jpeg
काठमाडौं। नेविसंघको महाधिवेशनमा आफ्नो वर्चस्व देखाएका नेता कृष्ण प्रसाद सिटौला समुहले तरुण दल र महिला संघ लगायत भातृ संस्थाको महाधिवेशनमा एकल प्यानल खडा गर्ने भएको छ। सिटौला निवासमा भएको समुहको बैठकले भातृ संस्थाको महाधिवेशनमा एकल प्यानल खडा गर्ने निर्णय गरेको हो।  
 
यसका लागि तयारी गर्न समुहकातर्फबाट आन्तरिक गृहकार्य गर्न ७ वटै प्रदेशमा संयोजक तोकि अन्य सदस्यहरुलाई पनि जिम्मेवारी दिएको छ। यसका लागि वैठकले  प्रदेश १ का लागि सांसद सुधिर शिवाकोटी, प्रदेश २ का लागि सांसद सिताराम भण्डारी, प्रदेश ३ का लागि सांसद भिमसेनदास प्रधान, प्रदेश ४का लागि गोर्खा जिल्लाका पार्टी सचिव नन्दु न्यौपाने, प्रदेश ५का लागि सांसद मालती सोडारी, प्रदेश ६ का लागि कालिकोटका पार्टी सभापति हर्ष बम र प्रदेश ७ बाट पूर्व मन्त्री जनकराज गिरीलाई समुहले संयोजक तोकेर भातृ संस्थाको महाधिवेशनमा गृहकार्य गर्न समुहको तर्फबाट जिम्मेवारी तोकेको छ। 
 
सिटौला निवास धुम्वराहीमा भएको वैठकमा काठमाडौंमा उपलव्ध २ दर्जन सांसद विभिन्न जिल्लाका सभापति सचिव थिए। केन्द्रीय सदस्य तथा स्वास्थ्य मन्त्री गगन थापा, केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, प्रदिप पौडेल लगायतका नेताहरु वैठकमा रहेको काभ्रेपलाञ्चोकका पूर्व पार्टी सभापति शिव हुमागाईले जानकारी दिए। 
 
सरकार निर्माणमा पार्टी सभापति शेर बहादुर देउवाले भुमिका कम दिइएकोमा सांसदहरुले सिटौलालाई प्रश्न गरेका थिए। आफ्नो समुहमा ३५ देखि ४० सांसद हुँदा पनि एक मात्र मन्त्री दिइएकोमा उनीहरले व्यापक असन्तुष्टी व्यक्त गरेका थिए। उनीहरुले आफूहरुसँग सहकार्य गरेका देउवा समुहले नेविसंघ नेतृत्वमा विजय हासिल गरेपनि त्यसको इज्जत गर्न नसकेको भन्दै सभापति देउवाको आलोचना गरेका थिए। उनीहरुले अब हुने तरुण दल र महिला संघ लगायतका भातृ संस्थाहरुमा अलग उमेद्वार बनाउन सिटौला र थापामाथि व्यापक दवाव दिएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ