arrow

चार राजदूतले राष्ट्रपतिलाई ओहोदाको प्रमाणपत्र बुझाए

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
sital-niwas.jpeg
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि श्रीलङ्का, इक्वेडर, स्लोभानिया र मौरिससका नवनियुक्त राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् ।  
 
राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा श्रीलङ्काका वेलेज स्वारनलानथ परेरा, इक्वेडरका मेन्तोर प्याट्रिसिया भिलागोमेज मोरिनो, स्लोभानियाका जोजेफ ड्रोफेनिक र मौरिससका जगदीश्वर गोबर्धनले आआफ्नो ओहोदारको प्रमाणपत्र पेस गर्नुभएको राष्ट्रपति कार्यालयले
जनाएको छ ।
 
उनीहरु मध्ये परेरा नेपालका लागि आवासीय तथा अरु भारतका लागि आवासीय र नेपालका लागि गैरआवासीय राजदूत हुन् ।  सो अवसरमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतलगायत सहभागि थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ