arrow

विदेशमा रहेको हिसाब मिलाउन अपहरण, छ जना पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ११ बुधबार
nepal-police12.jpg

दाङ।  अपहरण गरेर ७ लाख फिरौती माग्ने छ जना प्रहरीको फन्दामा परेका छन्  । दैलेखका  २७ वर्षीय केशव कुमार विकलाई अपहरण गरेर ७ लाख मागेको आरोपमा छ जनालाई प्रहरीले पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा दाङका लीला विक, नेवबहादुर घर्ती, निर्मला विक, सुकलाल विक, कपिलवस्तुका मनोज थारु र गाडी चालक प्युठान जनक कुँवर रहेका छन् । 

विदेशमा रहेको हिसाब मिलाउनका लागि सुकलाल र मनोजले केशवलाई अपहरणको योजना बनाएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

 दैलेख घर भएका केशवलाई बुटवलमा भेट्न बोलाउनका लागि उक्त समूहले निर्मलालाई प्रयोग गरेको पाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले अपहरणमा संलग्न बागमती प्रदेश ०१-०२५ च ८७२९ नम्बरको गाडी समेत नियन्त्रणमा लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ