arrow

पसल खोलेर बसेको देखाई अवैध हुण्डी कारोबार गर्ने गिरोह १ करोड ७२ लाखसहित पक्राउ

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
nepal police.png.png
काठमाडौं । पसल खोलेर बसेको नाउमा अवैध हुण्डीको कारोबार गर्ने गिरोह पक्राउ परेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले सोमबार काठमाडौंको न्यूरोडबाट साे गिरोहलाई १ करोड ७२ लाख रुपैयाँसहित पक्राउ गरेको हो ।
 
पक्राउ पर्नेमा न्युरोड र प्युखा क्षेत्रमा पसल खोलेर बस्दै पवन सरावगी, मोहनमान श्रेष्ठ, कुमार राई र निर्दोष प्रसाईं रहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले हाम्राकुरालाई जानकारी दिए । खनाले उनीहरुसंगै राजन पौडेल, टलबहादुर तामाङ, अमित खरेल र रोहित दुलाल समेत पक्राउ परेको खनालले बताएका छन् । 
 
उनले भने, ‘पसल खोलेर बसेको छु भन्ने । अवैध धन्दा गर्ने । इन्टेलिजेन्स डेप्लपर्सको नाममा रकम जम्मा गर्ने भन्दै हिंडेको भेटियो । जसबाट रकम जम्मा हुन निकै समय लाग्छ ।’ कारबाही के हुन्छ ? जवाफमा खनालले भने, ‘उनीहरुबारे डिटेल बुझ्ने काम भइरहेको छ । डिटेल आएपछि अनुसन्धानको दायरा फराकिलो हुन्छ । त्यसपछि के गर्ने भन्ने निधो हुन्छ ।’ अहिले अनुसन्धानको लागि हिरासतमा छन् । 
 
खनालका अनुसार सरावगीबाट साढे ६३ लाख, श्रेष्ठमा २० लाख, प्रसाईंबाट १९ लाख, पौडेलबाट ३२ लाख, तामाङबाट ११ लाख,  खरेलबाट १२ लाख र दुलालबाट ५ लाख रकम बरामद भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ