arrow

महाकालीमा चार लेनको पक्की पुल बन्छ : मन्त्री लेखक

logo
प्रकाशित २०७३ भदौ १३ सोमबार
ramesh-lekhaka-420x250.jpg.jpeg
भीमदत्तनगर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी छ महिनाभित्र महाकाली नदीमा पक्की पुल निर्माणको थालनी हुने जानकारी दिएका छन्  । 
 
आजदेखि सुरु भएको नेपाल इँटाउद्योग महासङ्घको नवौँ साधारणसभाको उद्घाटन गर्दै मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बन्ने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बताए । “ त्यसलाई अर्थ मन्त्रालयबाट भारत पठाउने काम हुँदैछ ”, उनले भने । 
 
अर्को प्रसङ्गमा लेखकले अबको १५/१६ महिनामा तीन वटै तहको निर्वाचन गराउन सरकार गम्भीर भएर लागेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ