arrow

खुर्पा प्रहार गरी नेपालीको हत्या

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
khurpa.jpeg
गोरखा । गोरखाको हर्मी गाविस–९ मौवास्वाँराका ६० वर्षीय पीताम्बर नेपालीको खुर्पा प्रहारबाट हत्या भएको छ । 
 
खेत गोडेर फर्किएका हर्मीका ४९ वर्षीय जीतबहादुर भण्डारीले आपसी विवाद हुँदा सोमबार दिउँसो पीताम्बरलाई खुर्पा प्रहार गरी हत्या गरेका हुन् । पीताम्बरको हातमा रहेको खुर्पा खोसेर जीतबहादुरले प्रहार गर्दा घाँटीमा गहिरो चोट लागेको थियो । 
 
स्थानीय रामचन्द्र ढकालको तिलबारी माथिको गोरेटो बाटोमा आपसी विवाद हुँदा जीतबहादुरले पीताम्बरलाई खुर्पा प्रहार गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
 
खुर्पा प्रहार गरी हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले सोमबारै जीतबहादुरलाई नियन्त्रणमा लिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ