arrow

यसरी बस्यो तेल र सिन्दूरबाट हनुमानको पूजा गर्ने प्रथा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
hanumanji.jpg

काठमाडौं । एक समय हनुमान माता सीताको शृङ्गार कक्षमा पुग्नुभयो । सो समय माता सीता आफ्नो शिरमा तेल र सिउँदोमा सिन्दूर लगाइ रहनुभएको थियो ।

हनुमानले सोध्नुभयो, 'माताजी यस प्रकार तेल लगाउने र सिउँदो भर्नुको के प्रयोजन हो ?'
माता जानकीले हाँस्दै भन्नुभयो,' तिम्रो  श्रीराम भगवानलाई यी चिज बढो प्रिय छन् ।'

हनुमानको मन मनै भन्न थाल्नुभयो, 'यदि मेरो स्वामीलाई यो तेल र सिन्दूर प्रिय भए म पनि अवश्य लगाउँछु ।'
हनुमानले आफ्नो शरीरको सबै भागमा सिन्दूर र तेल लगाउनुभयो । उहाँको त्यो स्वरूप देखेर सबै हाँस्न थाले । यो रूप देखेर श्री श्रीराम चन्द्र निकै खुशी हुनेछन् भन्दै हनुमान पनि प्रसन्न हुनुभयो ।

त्यस रूपमा हनुमानलाई देखेर भगवान् श्रीरामले भन्नुभयो, 'हनुमान यो तिमी ले के भेष बनाएको ? तिमीलाई कसले भन्यो शरीरमा तेल र सिन्दूर लाउनलाई ?'

हनुमानले भन्नुभयो, 'प्रभु ! कुरा यस्तो छ कि जब म माता सीताको शृङ्गार कक्षमा पुगे त्यहाँ माता सिता आफ्नो सिउँदोमा सिन्दूर र तेल लगाइरहनुभएको थियो । मेले सोधे - 'माता यसलाई लगाउनको प्रयोजन के हो ?' उहाँले भन्नुभयो- 'तिम्रो श्रीराम जीलाई यो चीज बडो प्रिय छन् । यसैले उहाँलाई प्रसन्न गर्ने यी जीच लगाएको हुँ ।' प्रभु मेरो जीवनको लक्ष्य पनि तपाईँलाई प्रसन्न गर्नु हो । त्यसैले मैले पनि यी चीजहरूको धारण गरे ।'

यो सुनेर भगवान् भक्ति प्रति अति प्रसन्न हुनुभयो  र आशीर्वाद दिनुहुन्छ, 'हे हनुमान आजदेखि तिम्रो प्रभाव जुन छ त्यो अझ व्यापक हुनेछ र मानिसहरू तिम्रो पूजा तेल र सिन्दूरले गर्नेछन् ।  तबदेखि तेल र सिन्दूरबाट हनुमानको पूजा गर्ने प्रथा चल्यो । आज हरेक हनुमानको मन्दिरमा तेल र सिन्दूरले पूजा गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ