arrow

नमक हरामी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १६ शुक्रबार
surdas.jpg

काठमाडौं । सुरदास श्रीकृष्णका परम भक्त थिए । सुरदासको जन्म १४७८ इस्वी मा रुन्कट गाउँमा भएको थियो। सुरदासका बाबुको नाम रामदास थियो । सुरदास जन्मदेखि अन्धा थिए। जब सुरदासले वल्लभाचार्यलाई भेटे तब उनी उनका शिष्य बने, यसपछि उनीले पुष्टि मार्गको दीक्षा पाएर कृष्णलालिमा रमे।

भनिन्छ सूरदासले एक पटक भगवान कृष्णको दर्शन पाएका थिए। सुरदास बाल्यकालदेखि नै साधु प्रवृत्तिका थिए। उनले वरदानको रूपमा गाउने कला पाएका थिए। उनी चाँडै धेरै प्रसिद्ध पनि भए। केही दिनमै उनी आगराको नजिकको गौघाटमा बस्न थाले। यहाँ उनी स्वामी भनेर प्रसिद्ध भए। यहीँ उनको भेट वल्लभाचार्यसँग भयो। उनले पुष्टि मार्गको दीक्षा दिए र उनलाई श्री कृष्णको लीलाहरूको दर्शन गराए।

सुरदास भगवान् श्री कृष्णका प्रख्यात भक्त थिए, उनी कृष्णप्रतिको भक्तिको बारेमा धेरै कथाहरू छन्। एक पटक सुरदास कृष्णप्रतिको भक्तिमा डुबेका थिए कि उनी इनारमा खसे । जस पछि भगवान् कृष्ण आफैले उनको जीवन बचाउनुभयो र आँआफैँलाई देख्न सके। जब कृष्ण भगवान्ले आफ्नो भक्तिमा प्रसन्न भएर वरदानमा केही मागे सोध्नुभयो, उनले भने, 'मलाई फेरि अन्धो बनाइदिनुहोस्। म कृष्ण बाहेक अरू कसैलाई देख्न चाहन्न।'

प्रसिद्ध कृष्ण भक्त तथा भक्ति कवि सुरदासजीले भनेका छन्-
मो सम कौन कुटिल खल कामी।
जेहिं तनु दियौ ताहिं बिसरायौ, ऐसौ नोनहरामी॥
भरि भरि उदर विषय कों धावौं, जैसे सूकर ग्रामी।
हरिजन छांड़ि हरी-विमुखन की निसदिन करत गुलामी॥
पापी कौन बड़ो है मोतें, सब पतितन में नामी।
सूर, पतित कों ठौर कहां है, सुनिए श्रीपति स्वामी॥

भगवान् कृष्णका अनन्य उपासक र ब्रजभाषाका श्रेष्ठ कवि सुरदास भन्छन् - 'हे प्रभु! तपाइले चौरासी लाख जुनीबाट छुटाएर मलाई मनुष्य जन्म दिनुभयो। आमाको गर्भमा मेरो रक्षा गर्नुभयो। जन्म लिनुभन्दा पहिल्यै आमाको स्तनमा दूध भरिदिनुभयो, नाना प्रकारका खानेकुराहरू मेरो लागि बनाइ दिनुभयो । हेर्नका लागि आँखा, सुन्नका लागि कान, सुँघ्नका लागि नाक, हिँड्नका लागि खुट्टा, काम गर्नका लागि हात बनाई दिनुभयो । यति उत्तम शरीर तपाईँले मलाई दिनभयो । तर मैले तपाईँलाई बिर्से, म यस्तो नमक हरामी हुँ। जसरी गाउँका सुगर मैला खोजी खान गाउँ-गाउँ घुमिरहन्छ, उस्तै म पनि दाल-भातको लागि चारैतिर दगुरिरहन्छु । जो भगवान्देखि विमुख छ, जसले भगवान्लाई मान्दैन उसको त म दिनरात चाकरी गर्छु, तर जो भगवान्का भक्त छन् अनि जुन सन्तलाई साष्टाङ्ग दण्डवत् गर्नु भनेर गीता, रामायणमा लेखेको छ, तिनीहरू भएको ठाउँमा नगएर दिनरात भगवान्देखि विमुख रहनेहरूका अघिपछि चक्कर काटिरहन्छु ।' यस कारण म जस्तो नमक हरामी अरू कोही छैन।

महाकवि सुरदासका भक्ति गीतहरूले धेरैलाई आकर्षित गरेका छन्।  सो समय उनको भक्ति गीतलाई लिएर अकबरका नौ रत्नहरू मध्ये एक सङ्गीतकार तानसेनले सम्राट् अकबर र महाकवि सुरदाससँग मथुरामा भेट गराएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ