arrow

ठेकी सफा गरिरहेका बाबुलाई लोकराजले हाने बञ्चरो

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १३ शुक्रबार
axe-attack.jpg

बैतडी । बञ्चरो प्रहार गरी छोराले बुबाको हत्या गरेका छन् । २२ वर्षीय लोकराजले आज बिहान ६ बजे बञ्चरो प्रहार गरी ६८ वर्षीय बुबा अन्तराम जोशीको हत्या गरेका हुन् ।

बिहान घरमै ठेकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बञ्चरो प्रहार गरेको डिलाशैनी गाउँपालिका-५ का वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले जानकारी दिए । 

उनले भने, “मानसिक अवस्था ठिक नभएका लोकराजले बञ्चरो प्रहार गरेका हुन् । टाउकोमै चोट लागेका अन्तरामको घटनास्थलमै मृत्यु भएको छ ।”

बञ्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए । अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थल पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ