arrow

शीर्ष तीन दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
3-dal-baithak.jpeg
काठमाडौं । शीर्ष तीन दलको बैठक मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको छ । बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादीका केन्द्रका शीर्ष नेताहरु सहभागी भएका छन् ।
 
बैठकमा विशेषगरी प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र मधेसी मोर्चाको मागका बारेमा छलफल भएको हो । भारत भ्रमणका क्रममा राख्ने एजेन्डाबारेमा औपचारिकता पूरा गर्न पनि दाहालले शीर्ष तीन दलको बैठक डोकेको बुझिएको छ । 
 
मधेसी मोर्चाका माग संवोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले पनि शीर्ष तीन दलबीच सौहाद्र्ध वातावरण जरुरी छ । उनीहरुका माग कत्तिको जायज छन् भन्नसमेत यसले गहन अर्थ राख्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ