रामेछाप। नेपाल तरुण दल रामेछापको अध्यक्षमा काजी बहादुर खड्का दिनेश निर्वाचित भएका छन्। खड्काले १४५ मत ल्याएर निर्वाचित भए। उनका निकटतम प्रतिष्पर्धी जीत बहादुर केसीले ५४ मत ल्याए। निर्वाचित अध्यक्ष खड्का नेपाली काँग्रेसका नेता कृष्ण सिटौला निकट मानिन्छन। विद्यार्थी राजनीतिमा उनी नेविसंघ महामन्त्री कुन्दन काफ्ले निकट मानिन्छन्।
उपाध्यक्षमा केशव थोकर सर्वसम्मत भए भने सचिवमा विश्वराज कोइराला सर्वसम्मत भए। त्यसैगरि कोषाध्यक्षमा योगेश श्रेष्ठ सर्वसम्मत हुँदा कार्यसमितिका सदस्यहरु पनि सबै निर्विरोध निर्वाचित भएका छन्।
क्षेत्र नम्वर १ को अध्यक्षमा विमल घिसिङ निर्विरोध हुँदा २ का चन्द्र घिसिङ भने निर्वाचित भएका छन्। महाधिवेशन प्रतिनिधिमा कमल कार्की, ङावा शेर्पा लगायत निर्वाचित भएका छन्।