arrow

उर्दु र अरबीमा उच्च शिक्षाको पहुँच नहुँदा विद्यार्थी भारत जान बाध्य

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
Nawalparasi-hamrakura.jpg.jpeg
नवलपरासी। नवलपरासीमा मुसलमान समुदायका लागि उर्दु र अरबीमा उच्च शिक्षाको पहँुच नहँुदा विद्यार्थी भारत जान बाध्य भएका छन् । 
 
विद्यालय तहको मदरसा भए पनि सोभन्दा माथिल्लो कक्षा अध्ययन वा उर्दू र अरबी उच्च शिक्षाका लागि सो समुदायका बालबालिका अध्ययनका लागि भारतको गोरखपुर, महाराजगन्ज लगायत स्थानमा जाने गरेका छन् । 
 
जिल्लामा प्राथमिक तहसम्मको उर्दू शिक्षा हासिल गरिसकेपछि उच्च शिक्षाका लागि केही विद्यार्थी भारततिर लागे पनि अधिकांश विद्यार्थी उर्दू उच्च शिक्षाबाट वञ्जित हँुदै आएको मुसलमान अगुवा हैदर अलि मोनीनले बताउनुभयो । 
 
जिल्लाका विभिन्न धार्मिक विद्यालयमा माध्यमिक तहदेखि उच्च शिक्षासम्मको उचित व्यवस्था भए पनि भने उर्दू शिक्षाको माध्यमिक तहसम्म पनि व्यवस्था नरहेको मुस्लिम सङ्घ नवलपरासीका जिल्ला अध्यक्ष कासिद अलीले बताउनुभयो । 
 
आर्थिक रुपमा सम्पन्नशाली विद्यार्थीले भारत गई कठिनाइका साथ शिक्षा हासिल गर्ने र तर अधिकांश गरिब विद्यार्थी शिक्षाबाट वञ्चित हुन बाध्य भएको मुसलमान अगुवा इसाहाक मियाँले बताउनुभयो । 
 
नवलपरासीमा हाल करिब दुई दर्जनभन्दा बढी मदरसा छन् । नेपाल सरकारसँग नवलपरासीमै उच्च शिक्षा व्यवस्था मिलाउन अगुवा बुद्धन अलिले माग गर्नुभयो । राज्यले आफ्नो समुदायलाई उपेक्षित गरेको जनाउँदै नवलपरासीको मुसलमान समुदायले अब आन्दोलनमा उत्रिने चेतावनी समेत दिएको छ । जिल्लामै उर्दू र अरबी उच्च शिक्षाको व्यवस्थापन हुनुपर्ने सो समुदायको माग छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ