काठमाडौं। नेपाल सरकारले एक भारतीय प्रहरी जोडीलाई सगरमाथा आरोहण गरेको भनेर गलत प्रचार गरेकोमा १० वर्ष नेपाल प्रवेशमा प्रतिवन्ध लगाएको छ ।
भारत पुनेका ती प्रहरी जोडीले गत मे २३ मा आफुहरूले सगरमाथाको सफल आरोहण गरेको भनेर झुँटो प्रचार गरेका थिए ।
नेपालका अधिकारिले पुनेका प्रहरीलाई पत्र मार्फत ती जोडीलाई १० वर्ष नेपाल प्रवेशमा रोक लगाएको व्यहोराको जानकारी दिएको छ ।
भारतको पुनेमा कार्यरत प्रहरी जोडी दिनेश र तरकेस्वरी राथोडले गत जुन ५ मा काठमाडौंमा पत्रकार सम्मेलनमा भेट गर्दे मे २३ मा सगरमाथाको सफल आरोहण गरेको जानकारी दिएका थिए ।
सो घटनापछि ती जोडीलाई पुने प्रहरी मुख्यालय, शिवजीनगरमा सरूवा गरिएको छ ।
पुने प्रहरीले विभिन्न संचार माध्यमा कुरा गर्दे ती जोडीलाई गिरफ्तार नगरिए पनि उनीहरूको पदोन्नति नहुने बताएका छन्।
कोलकाताका एक पर्वातारोहीले सगरमाथाको सफल आरोहणपछि खिँचेको फोटोको दुरूपयोग गर्दै ती प्रहरी जोडीले सगरमाथाको सफल आरोहण गरेको भनेर गलत प्रचार गरेका हुन्।