arrow

कम्युनिटी शिल्डको उपाधि लिभरपुललाई 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १५ आइतबार
community-shield-2022-liverpool.jpg

काठमाडौं । इङ्गलिश प्रिमियर लिग क्लब लिभरपुलले कम्युनिटी शिल्ड फुटबलको उपाधि जितेको छ । प्रिमियर लिग विजेता र एफए कप विजेताले कम्युनिटी शिल्डको उपाधिका लागि खेल्ने गर्छन्  । 

सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो । शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई ३–१ गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि जितेको हो ।

किङ्स पावर स्टेडियममा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहम्मद सलाह र डार्विन नुनेजले एक एक गोल गरे । सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल फर्काए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ