arrow

रामचन्द्र र प्रचण्डबीच भेट : मधेसी दललाई फकाउने जुक्तिबारे छलफल

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
pradhanmantri-niwas-baluwatar.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस नेता रामचन्द्र पौडेलबीच मधेसकेन्द्रित दललाई सहमतिमा ल्याएर संविधान संशोधन गर्ने विषयमा छलफल भएको छ । 
 
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा स्थानीय निकायको पुनःसंरचनाका विषयमा देखिएको विवाद, संविधान संशोधन तथा मधेसकेन्द्रित दललाई सहमतिमा ल्याउने विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । 
 
यसैबीच नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले प्रधानमन्त्रीसँग संविधान संशोधन र मधेसकेन्द्रित दलको माग सम्बोधन लगायत विषयमा कुराकानी भएको सुनाए । उनका अनुसार दुवै नेताबीच मधेसी दलले उठाएका माग सम्बोधनको जुक्तिबारे समेत छलफल भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ