arrow

भाषणवाजीका लागि शून्य समय

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
Samsad-Bhawan.jpg.jpeg
काठमाडौँ । व्यवस्थापिका–संसदमा शून्य समयमा विभिन्न पार्टीका सांसद्ले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए । यद्यपि, सांसदहरुले शून्य समयमा राखेका विषय सुन्ने सरकारका मन्त्री र शीर्ष दलका नेताहरु बैठकमा उपस्थित हुँदैनन् । 
 
उनीहरुको बोली भाषणवाजी जस्तो मात्र हुने गरेको छ । केही दिन अघि संसद बैठकमै सांसदहरुले नै महत्वपूर्ण विषय सुन्नु पर्ने र राख्नु पर्ने सरकारका मन्त्री तथा शीर्ष दलका नेताहरु बाहिर गएर बोल्ने तर संसदमा उपस्थित नहुने परिपाटी विद्यमान रहेको विषय उठाएका थिए ।   
 
फेरि पनि सांसदहरुले बाढीपहिरो पीडितले राहत पाउन बाँकी रहेको समयमा सुख्खा खडेरीले किसान मर्कामा पर्न थालेको, कालोबजारी नियन्त्रण नभएको, चट्याङ् जस्ता विपद्बाट मानिसको मृत्यु भएको विषयमा ध्यानकर्षण गराउँदा त्यस्तै हविगत देखिएको छ ।   
 
शून्य समयमा सांसद बलराम अधिकारी, भरतबहादुर खड्का, ममता गिरी, भरत साउद, भुटनीदेवी खवास, यज्ञराज सुनुवारले धारणा राखेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ