arrow

महिला संघको महाधिवेशनले ततायो कपिलवस्तु

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
mahila-sang-new....jpeg
कपिलवस्तु । नेपाली कांग्रेस निकट नेपाल महिला संघ जिल्ला कार्य समितले आगामी केन्द्रीय समितिको महाधिवेशनलाई मध्यनजर गर्दै जिल्ला अधिवेशनको  तयारी तीब्र पारेको छ ।
 
संघ भदौ २९, ३० र ३१ मा काठमाडौमा हुने महाधिवेशन प्रतिनिधि छनोट र जिल्ला कार्यसमति चयन गर्न आर्थिक, प्रचार–प्रसार तथा अन्य समिति निर्माण गरी अधिवेशन तयारीमा लागेको छ  ।  
 
अधिवेशन तयारीको लागि जिल्ला सभापति मीना केसीको संयोजकत्वमा १३  सदस्य समिति गठन भएको छ । 
 
तयारी भेलामा कांगे्रस जिल्ला सभापति एवं सासंद सुरेन्द्र राज आर्चायले नेपाली नारीहरुको हरितालिका तीजको शुभकामना दिँदै महिला विकास र महिला क्षमता अभिवृद्धिका लागि महिलाहरु एक जुट हुनु पर्ने बताए । 
 
आर्चायले महिला संघको महाधिवेशनबाट असल नेत्तृत्व चयन भई महिलाको क्षेत्रमा वकालत गर्न र नेतृत्व क्षमता विकास गर्न सहज हुने धारणा राखे । 
 
भेलामा पार्टी सचिव महेन्द्रकुमार पाठक क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ, जिल्ला सदस्य कपील पाण्डेय लगायतका वक्ताले बोलेका थिए । कपिलवस्तुबाट नेपाल महिला संघको महाधिवेशनमा ४५ जना प्रतिनिधिसहभागि हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ