arrow

भारतको अढाइ कराेड अनुदानमा निर्मित त्रिभुवन त्रिशुली मावि भवनको उद्घाटन

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १७ मंगलबार
tribhuwan-trisuli-mavi-nuwakot.jpg

काठमाडौं ।  भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख राजेन्द्र विक्रम सिंह ठकुरीले भारत सरकारको अनुदान सहयोगमा विदुर नगरपालिकामा अवस्थित त्रिभुवन त्रिशुली माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवनको संयुक्त रुपमा उद्घाटन गरेका छन् । उद्घाटनपछि जिल्ला समन्वय समितिले विदुर नगरपालिकालाई सो भवनको स्वामित्व हस्तान्तरण गरेको छ । 

कार्यक्रममा विदुर नगरपालिकका मेयर राजन श्रेष्ठ, राजनीतिक दलका नेता, शिक्षाविद्, सरकारी अधिकारी र नागरिक समाजका प्रतिनिधिको उपस्थिति रहेको थियो । 

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रुपमा यस भवनको निर्माण भएको हो । 

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरु मध्येको एक भएको भारतीय राजदूतावासले प्रेस विज्ञप्ति जारी गरी जनाएको छ । 
 
यो विद्यालयको स्थापना सन् १९५१ मा भएको हो । त्रिशुली जलविद्युत परियोजनाका लागि आएका भारतीय इन्जिनियर के.आई सिंहले यस विद्यालयको डिजाइन गरेका थिए । यस विद्यालयमा १ हजार ३४३ भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । जसमध्ये ६० प्रतिशत छात्रा छन् । 

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटि, सरसफाई र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७० वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये नुवाकोट जिल्लाका ७ गरी बागमती प्रदेशमा १०३ वटा रहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ