arrow

मोटरसाइकल दुर्घटनामा २ जनाको ज्यान गयो 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १८ बुधबार
bike-accident.jpg

कपिलवस्तु । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । बुधवार बिहान करिब ९ बजे बाणगंगा २ पिपराको मेचकुरीबाट लखन चोक आउँदै गर्दा गोवडीहवामा रुखमा ठोकिँदा २ जनाको ज्यान गएको हो । 

लु ६४ प ५७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई रुखमा ठोकिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय पिपराका प्रमुख दीपक बाबु के.सी.का अनुसार मोटरसाइकल चालक वडा नं.२ निवासी २५ वर्षीय रमेश वि.क.र पछाडि २७ वर्षीय गोपाल वि.क.को ज्यान गएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएको दुवै जनालाई लुम्बिनी प्रादेशिक अस्पतालले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ