arrow

मिडियाका कर्मचारीहरु आन्दोलनको तयारीमा

logo
प्रकाशित २०७३ भदौ १४ मंगलबार
trade-union-image.jpeg
काठमाडौं । संचार संस्थामा कार्यरत पत्रकार तथा कर्मचारीहरुले न्युनतम पारिश्रमिक नदिए आन्दोलन गर्ने बताएका छन् । उनीहरुले नेपाल पत्रकार महासंघले न्यूनतम पारिश्रमिक लागु गराउने सम्बन्धमा सशक्त बन्न नसकेको बताएका छन् ।
 
राजधानीमा भएको श्रमजीवी पत्रकार र कर्मचारीहरुको अधिकार र कर्तव्य विषयक एक दिने गोष्ठीका क्रममा बोल्दै सहभागी विभिन्न संचारमाध्यमका संचारकर्मीहरुले पत्रकार महासंघले पत्रकार हकहितका नाममा राजनीति पो बढी गरेको हो कि भन्दै महासंघको काम संचारकर्मीको हकहितका लागि लाग्ने भएकोसमेत सुझाए । 
 
ईमेज स्वतन्त्र कर्मचारी युनियन, युएनआई र युनिमीको संयुक्त आयोजनामा भएको कार्यक्रममा ट्रेड युनियन विज्ञहरुले आफ्नो हकहितका लागि अरु कसैको आशा नगरी आफै अगाडि बढ्न सुझाव दिएका छन् । 
 
कार्यक्रममा बोल्दै युएनआइका अध्यक्ष शंकर लामिछानेले संचारमाध्यमका संचारकर्मीहरु आफ्नो हकका लागि मैदानमा उत्रिए सहयोग गर्न तयार रहेको बताए । 
 
त्यस्तै युएनआइका महासचिव गणेश केसीले पत्रकार महासंघले पत्रकारकामात्र कुरा सुन्दा यो समस्या आएको औंल्याउँदै कर्मचारीका लागि पनि उत्तिकै ध्यान दिनु जरुरी भएको बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ