arrow

एक सय सतचालीस मापसेलाई मौका, उपत्यकामा एकैदिन २७ सय ४८ सवारी चालकमाथि कारवाही

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन १९ बिहिबार
mapase.jpg

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ७४८ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उपत्यकाको विभिन्न उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा १४७ जना मादक पदार्थ सेवन (मापसे) गर्ने १४७ जना, लेन अनुशासन पालना नगर्ने ६६ जना, रेड लाइटमा सवारी चलाउने ११६ जना र नम्बर प्लेट स्पष्ट देखिने गरी नराख्ने ४६ जना सवारी चालक रहेका छन् । 

२ हजार ३७३ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ