arrow

ओलीतर्फ नेपालको इसारा - कसैले गल्ती भयो भनेर महसुस गरेको आजसम्म सुन्न पाइएको छैन

चुनावमा नउठ्ने भन्ने कुरा भएन, माधव नेपाल डराएछ कि क्या हो भन्ने पर्ला

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २० शुक्रबार
oli-nepal-1619092070.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पुस ५ गते बालुवाटारमा नेकपाको बैठक चलिरहेका बेला प्रतिनिधिसभा भङ्ग गर्ने गरी राष्ट्रपतिकहाँ चिठी पठाइएको बताएका छन्। राजधानीको एक कार्यक्रममा उक्त सूचना आएपछि बैठकले त्यस घटना असंवैधानिक भएको भन्दै निन्दा गर्ने प्रस्ताव पारित गरेको अध्यक्ष नेपालले बताए । 

पार्टी एकताका लागि अन्तिमसम्म हाम्रो कोसिस कतिसम्म भएको थियो भन्ने कुरा त्यस दिनको घटनाले देखाउने बताए । त्यसपछि सम्पूर्ण निर्णय गर्ने अधिकार एक व्यक्तिमा राखिएको पनि उनले सुनाए । उनले तत्कालीन समयमा पार्टी व्यक्तिवादको चरम आहालमा डुबेको जिकिर गरे ।  मुलुकको कम्युनिष्ट राजनीतिक आन्दोलन निकै उतारचढावका बीच यहाँसम्म आइपुगेको स्मरण गरे । 

तत्कालीन नेकपाका एक जना अध्यक्ष तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ सङ्केत गर्दै उनले इतिहासमा गल्ती गरेर पनि अझै महसुस नगरिएको बताए । उनले भने, “कसैले गल्ती भयो भनेर महसुस गर्छ भने केही छैन, तर आजसम्म सुन्न पाइएको छैन ।'

नेपालले आगामी निर्वाचनमा आफू लड्ने बताएका छन् । उनले भने, “चुनावको मिति घोषणा भइसक्यो, यसपालिको चुनावमा लड्नपर्छ   र जित्नै पर्छ, अब पनि चुनावमा नउठ्ने भन्ने कुरा भएन, डराएछ कि क्या हो माधव नेपाल भन्ने पर्ला, चुनावमा विजयी भएर तपाईँहरूको बीचमा फेरि आउनुपर्छ ।'
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ