arrow

वीपीका नाति सिद्धार्थ तरुण दलको नेतृत्व गर्दै !

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
siddharth-koirala.jpeg
काठमाडौं। जननायक वीपी कोइरालाका नाति सिद्धार्थ कोइरालाले नेपाल तरुण दलको नेतृत्व सम्हाल्ने सम्भावना बढेको छ । लामो समयदेखि तदर्थवादमा चलेको तरुण दललाई नयाँ नेतृत्वको खाँचो रहेको औल्याइँदा सिद्धार्थ राम्रो विकल्प हुनसक्ने आँकलनसमेत गरिएको छ । विशेषगरि काँग्रेस वरिष्ठ नेता रामचन्द्र पदडेल खेमामा उनको चर्चा अहिले एक्कासी ह्वात्तै बढेको छ। 
 
नेपाली काँग्रेसका संस्थापक वीपीको नातिपुस्ताले राजनीतिमा त्यति चाँसो नदिइरहेका बेलामा सिद्धार्थले तरुण दलको नेतृत्व सम्हाल्ने आकांक्षी देखिंदा भने उनलाई नेपाली काँग्रेसमा प्रवेश गर्ने एक राम्रो अवसरसमेत बन्न सक्छ। यहि आँकलन र विश्लेषणका साथ कोइराला परिवार उनलाई तरुण दल मार्फत काँग्रेसको मुलधारको राजनीतिमा प्रवेश गराउन चाहिरहेको छ। 
 
वीपीपुत्र प्रकाश कोइरालाका छोरा सिद्धार्थ चलचित्र अभिनेता हुन्। उनले भारतमा केही चलचित्रमा अभियन गरेका छन् । उनी बलिउड नायिका मनिषा कोइरालाका भाइ हुन् । सिद्धार्थले हाम्राकुरासंगको कुराकानीमा पदाधिकारीमा आउन लागेको खुलासा गरे। अरुले महामन्त्रीमा लड्ने बताइरहँदा सिद्धार्थले भने परेका खण्डमा नेतृत्व सम्हाल्न पनि सक्ने गरी तरुण दलमा जान लागेको बताए। यसको मतलव उनी परेको खण्डमा अध्यक्षमा पनि सम्भावित उमेद्वार हुन। नत्र पदाधिकारीमा भने उनी कन्फर्म उमेद्वार हुन्। 
 
उनी सुनसरीबाट तरुणदलको महाधिवेशन प्रतिनिधि भएर आएका छन्। सुनसरीको अधिवेशन बिहीबार छ। सिद्धार्थलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री तथा सिद्धार्थका काका डा. सशांक कोइरालाले साथ दिइरहेका छन्। स्रोतका अनुसार तरुण दलमा अहिलेको चुनावी समितिले चुनाव लड्न पाएनन् भने सिद्धार्थलाई राजनीतिक रुपमा फाइदा हुनेछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ