arrow

सेनाको पुनःसंरचना आवश्यकता अनुसार हुन्छ : रक्षामन्त्री खाँण

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
Khand-dai.jpg.jpeg
चितवन। रक्षामन्त्री बालकृष्ण खाँडले नेपाली सेनाको आवश्यकताअनुसार पुनःसंरचना हुने बताउनुभएको छ । त्रकारसँग उनले नेपाली सेनाले नेपाल एकीकरणदेखि राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकताका लागि पुर्याएको भूमिका महत्वपूर्ण रहेको बताए ।  
 
फरक प्रसंङ्गमा मन्त्री खाँणले संविधान संशोधन गरी मधेसवादी दलको मागलाई सम्बोधन गरिने बताए । त्यसका लागि सरकारले गृहकार्य सुरु गरिसकेको उनको भनाइ छ । 
 
मन्त्री खाँडले भने, ‘संविधान संशोधनका लागि साझा धारणा बनाउने काम सुरु भएको छ ।’ मधेसवादी दलले राखेका मागको सम्बोधनपछि मात्र उनीहरु सरकारमा आउने वा नआउने टुङ्गो लाग्ने पनि मन्त्री खाँणले बताए ।
 
संविधान कार्यान्वयनका लागि सरकार प्रतिवद्ध रहेको भन्दै उनले स्नीय निकायको निर्वाचन समयमा नै हुने बताए ।  संविधान निर्माणमा जुटेका तीन ठूला दल संविधान कार्यान्वयनमा पनि एक हुने उनको विश्वास विश्वास गरे । 
 
राज्य पुनःसंरचना गर्दा स्थानीय निकायको केन्द्रमा पुग्न बास बस्नुपर्ने अवस्था आउन नहुने र सानो भएर खर्च नधान्ने पनि हुन नहुने उनले बताए । नेता खाँणले पार्टी विधानसम्मत चल्ने कुरामा आफूले सहयोग गर्ने पनि बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ