arrow

शिवम् सिमेन्टका ग्राहकहरुको लागि “चाँदी नै चाँदी”

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
shivam-cement-1.jpeg
काठमाडौं। नेपालको एक अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेडले नजिकिदै गरेको दशौं, तिहार र छठ पर्वको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरुलाई चाडपर्वको शुभकामना व्यक्त गर्दै “चाँदी नै चाँदी” नामक योजना बजारमा ल्याएको छ।
 
यस योजना अन्तर्गत, चाडपर्वको अवसरमा शिवम् सिमेन्टले प्रत्येक ४० बोरा सिमेन्टको खरिदमा १० ग्राम “लक्ष्मी–गणेश” अकिंत चाँदीको सिक्का उपहार योजना लागू गर्ने भएको छ। यो योजना सीमित स्टकको लागि नेपाल अधिराज्यभर लागू गरिएको छ।
 
विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै निमार्ण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्ट समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरु मार्पmत थप उत्साह प्रदान गर्दै सहुलियत दिँदै आइरहेको छ। यसै क्रममा अब कम्पनीले विशेष चाडपर्वलाई लक्षित गर्दै लक्ष्मी र गणेश अंकित चाँदीको सिक्का उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको हो। महान् चाड विजयादशमी, दिपावली र छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीहरुलाई शुभकाना व्यक्त गर्दै यसपालीको चाडपर्वमा अब क्वालिटि घरको निमार्णसँगै “चाँदी नै चाँदी” को उपहारको खुशीयाली बाँड्ने कम्पनीको लक्ष्य रहेको छ।
 
शिवम् सिमेन्ट नेपालभरि नै ग्राहकहरुद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको इएऋ सिमेन्ट हो । सन २००९ मा नेपालको केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधीयुक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकरका साथ शिवम् इएऋ सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ।
 
“गुण्स्तरको पहिचान हो शिवम्” तथा “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” जस्ता मुल नाराका साथ अगाडी बढिरहेको शिवम् सिमेन्ट आफ्नो गुणस्तरीय बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वस्नीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट राष्ट्रिय गौरवका प्रमुख परियोजनाहरुमा योगदान दिन सफल भएको छ, जस्तैःकाठमाडौँ चक्रपथ विस्तार परियोजना, नेपाली सेनाको सिभिल तथा भेट्रान्स हस्पिटल निर्माण परियोजना, विभिन्न हाइड्रोपावर, पुल एवम् टनेल निर्माण प्रोजेक्टहरु तथा व्यवसायिक र व्यापारिक कम्प्लेक्स भवन एवम् आवासीय भवनहरु, इत्यादी। 
 
ISO, ISI र URS जस्ता अन्तराष्ट्रिय स्तरका गुणस्तर मापदण्ड प्रमाणित तथा नेपाल गुणस्तर चिन्ह प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदैँ आएको छ र दिई रहने प्रतिबद्घता व्यक्त गर्दछ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ