arrow

संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव: मन्त्री लेखक

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
ramesh-lekhaka-420x250-1.jpg.jpeg
कञ्चनपुर। भौतिक पूर्वाधार तथा यातयातमन्त्री रमेश लेखकले संविधान कार्यान्वयनका लागि स्थानीय निकायको चुनाव आवश्यक रहेको बताए।
 
कञ्चनपुरको बेदकोट नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले स्थानीय निकाय निर्वाचन सम्बन्धी कार्य सरकारले चाडैं अगाडि बढाउने तयारी गरेकाले यसका लागि तयार रहन कार्यकर्तालाई आह्वान गरे।
 
मन्त्री लेखकले स्थानीय निकायको चुनाव लामो समयदेखि नहुँदा विकास निर्माणको कार्यसमेत प्रभावित भइरहेकाले सक्दो चाडो चुनाव गराउनु अनिवार्य छ भन्दै अगामी चैतभित्रमा स्थानीय निकायको निर्वाचन गराउने तयारी सरकारले गरेको बताए।
 
सरकार गठनका लागि भएको कार्यगत एकता चैतसम्ममात्रै नभएर तीनवटै निकायका निर्वाचन गराउनसम्म भएकोमा जोडदिदैं उनले बाढीपीडित, सुकुम्वासी र आरक्ष विस्थापित परिवारलाई पुनःस्थापन गराउनका लागि सरकाले पहल गर्ने बिचार व्यक्त गरे।
 
मन्त्री लेखकले बेदकोट नगरपालिकाको दैजी हुँदै पर्यटकीय क्षेत्र लिपनासम्मको सडक चालु आवभित्रै कालोपत्रे गर्नका लागि कार्य अगाडि बढाउने बताउँदै दैजी बेलडाँडी सडक कालोपत्रेका लागि कार्य भइरहेको जानकारी दिए।
 
महाकाली नदीमाथि नेपाली भू–भागमै चार लेनको पक्की पुल निर्माणका लागि कार्यअगाडि बढिसकेको पनि उनले उल्लेख गरे। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ