arrow

क्रिकेट रेकर्ड: एकै परिवारका सदस्य सम्मिलित पहिलो क्रिकेट टिम

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
Cricket_one_Family.jpeg
एजेन्सी। अचम्म पर्नुहोला क्रिकेट टीम सदस्यमा सबै एकै परिवारका छन् भन्दा । हो, यस्तै भएको छ दक्षिण इङ्ल्याण्डस्थित पुर्वी ससेक्स काउण्टी भन्ने ठाउँमा । 
 
इस्ट ससेक्सको एक परिवारले क्रिकेटमा इतिहास रच्दै एकै परिवारबाट एउटा क्रिकेट टिम बनाएका छन् । किलिङ परिवारले सेडल्सकोम्ब विरूद्धको वार्षिक खेलको लागि सो टिम बनाएका हुन् । टिममा ४ दाजुभाइ र ७ छोराहरू छन् ।
 
गत बर्ष पनि किलिङ परिवारले पारिवारीक टोली बनाएकोमा किलिङ परिवारका १० जना मात्र रहेका थिए अनि बाध्य भएर एक नातेदारलाई खेलाउनु परेको थियो। यो बर्ष सबै खेलाडीको थर किलिङ हुनेछ। 
 
टिमका कप्तान पल किलिङले आफ्नो टोली सन्तुलित रहेको बताएका छन्।  
 
विगतका वर्षहरूमा पनि सो टिममा किलिङ् परिवारका मात्र १० सदस्य थिए । टिमका कप्तान पावल किलिङ संचार माध्यम सँग कुरा गर्दे आफ्नो टिमको दक्षता फराकिलो रहेको बताएका छन् । 
 
“हामीसँग खेलाडीको राम्रो फराकिलो दायरा छ, एउटा सभ्य खेल खेल्नलाई हामीलाई राम्रो बलर चाहिन्छ,” पलले भने ।



नयाँ