arrow

टोकियोको 'तीज महोत्सव'मा यसरी नाचे नेपाली महिला

logo
संगिता कुवँर।
प्रकाशित २०७३ भदौ १५ बुधबार
japan-teej.jpeg
टोकियो। तीज महोत्सवमा नेपालबाट आएका कलाकारको प्रस्तुतीले टोकियोको मेगुरो कुमिन सेन्टर तीजमय बन्यो। मंगलबार 'म नेपाली ग्रुप' जापानले आयोजना गरेको तीज महोत्सव कार्यक्रममा चर्चित गायिका सुनिता दुलाल, गायकद्वय प्रकाश कटुवाल र बैकुण्ठ महत लगाएतको प्रस्तुती रहेको थियो। मेगुरो कुमिन सेन्टरहल सारी र कुर्तामा सजीएका दिदिबहिनीले भरिएको थियो।
 
'अब त मैलेनी झुम्का लगाउछु' बाट आफ्नो प्रस्तुती पस्केकी चर्चित गायीका सुनिता दुलालले थुप्रै गितमा दर्शकलाई नचाउन भ्याईन। चर्चित गायक प्रकाश कटुवालले 'चोरी खान पल्केको ढाडे बिरालो' देखी नाचसानु छमछम ' स़म्मका गित गाउन भ्याए। त्यसै गरी मिठो स्वरका धनि लोक तथा दोहोरी गायक बैकुण्ठ महतको ' पानी जहाजले ' पनि उपस्थीत दिदीबैनिलाई नचायो। जापानमा रहेर संगित क्षेत्रमा लागेका गायकद्वय रामकृष्ण बम मल्ल र सुर्य खड्काको समेत कार्यक्रममा प्रस्तुती रहेको थियो।
 
 
कार्यक्रम सोचे भन्दा सफल भएको र आगामी दिनमा थप कार्यक्रम गर्न हौसला मिलेको म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्यले बताईन। संयोजक आचार्यको अध्यक्षतासंगै सुरु भएको औपचारिक कार्यक्रमका प्रमुख अतिथि 'तीज महोत्सव २०१६' का इभेन्ट पार्टनर सेशकान्त सुवेदी रहेका थिए। 
 
कार्यक्रम संयोजक कमला कार्पीको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रममा जनसम्पर्क समिति जापानका डिपी कंडेल र गल्कोट समाज जापानका अध्यक्ष नरबहादुर थापाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। २८ तारिख आइतबार इकेबुकुरो कुमिन सेन्टर र ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा सम्पन्न दुई दिवसीय ‘तीज महोत्सव २०१६’का लागी कलाकार जापान आएका थिए।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ