arrow

छात्रछात्रा भगवान भएपछि प्रधानाध्यापक हैरान !

logo
गोपाल पोखरेल,
प्रकाशित २०७३ भदौ १५ बुधबार
black-all-necromancer-d-abstract-anime-art-dream-god-necro-878801.jpeg
उदयपुर ।  उदयपुरको मैनामैनी गाविस ४ स्थित जनता माध्यमिक विद्यालय कान्चिराङका छात्रछात्रामा अनौठो लक्षण देखापरेको छ । कक्षा ६, ७, ८, ९ र १० मा अध्ययनरत छात्रछात्रा विगत एक महिना यता आफुलाई भगवानको स्वरुप भएको बताउँदै काम्ने, रुख चढ्ने, विद्यालयको छानामा गएर उफ्रिने र बक्दै  विद्यालय माथिको मैनारानीको थानमा पुग्ने गरेको प्रधानाध्यापक ममता राईले बताइन् ।
 
पहिला ७ जना छात्रछात्रामा देखिएको यस्तो अनौठो लक्षण अहिले ५० जना छात्रछात्रा देखा परिरहेको र छात्राको संख्या बढी रहेको राईले जानकारी दिइन् । छात्रछात्रा विद्यालय आउँदा रुद्राक्षको माला र चन्दन लगाएर आउँछन् । उनीहरुले रामायण कथा र मानिसको विगत तथा भविष्य बताउने गरेका छन् ।
 
गाउँलेले ती छात्रछात्राले देउताको रुप धारण गरेकोले उनीहरुलाई धामी झाँक्री लगाएरै ठिक गर्ने भन्दै स्वास्थ्य संस्थामा खबर गर्न नदिएपछि विद्यालयले अहिलेसम्म कसैलाई जानकारी गराएको छैन ।  सुरुमा एक जनाले थालेपछि अन्य छात्रछात्रा पनि काम्दै उफ्रिन र रुख चढ्न थाल्ने भएकाले विद्यालयमा पढाई नियमित हुन नसकेको शिक्षक पारुहाङ राईले बताए ।
 
छात्रछात्राको अनौठो व्यवहार बारे कुनै जानकारी नआएको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत दुनियाँलाल यादवले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ