arrow

रक्षा मन्त्री खाँणले गरे नेपाली सेनाको प्रशंसै प्रशंसा

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
Bal-Krishna-Khand-new.jpg.jpeg
नवलपरासी । रक्षा मन्त्री वालकृष्ण खाँणले नेपाली सेनाको खुलेर प्रशंसा गरेका छन् । नेपाली जनता र मुलुकलाई केन्द्रमा राखेर नेपाली सेनाले आफुलाई जिम्मेवार र निश्वार्थ पुष्टी गरिसकेको रक्षा मन्त्री खाँणको भनाई छ । 
 
नवलपरासीको गैंडाकोटमा नेपाल तरुण दलको चौथो जिल्ला अधिवेशनको उद्घाटन गर्दै  मन्त्री खाँणडले नेपाली सेना संविधान र लोकतन्त्रको पक्षमा कटिवद्ध रहेको बताए । 
 
मन्त्री खाँणले भने, ‘नेपाली सेनालाई जनता र लोकतन्त्रको पक्षमा अझ प्रतिवद्ध गराउने प्रयास मैले गर्ने छु, मेरो आफनो कुनै स्वार्थ छैन, सामान्य नागरिकले जसरी हेर्दछन्  म पनि नेपाली सेनालाई त्यसरी नै हेर्दछु र त्यसरी नै बुझ्दछु । 
 
संविधानको प्रभावकारी कार्यान्वयनमा नेपाली सेनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै मन्त्री खाँणले देश र जनताको पक्षमा नेपाली सेनाले थप उत्तरदायित्व बहन गर्ने बेला आएको धारणा राखे । 
 
तरुण दलका पूर्व अध्यक्ष समेत रहेका खाँण तरुण दलकै पोशाकमा कार्यक्रममा सहभागि भए । काँग्रेसले दलको महाधिवेशन गराउन उनकै संयोजकत्वमा निर्देशक समिति समेत बनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ