arrow

के भयो प्रधानमन्त्री देउवा र झलनाथ खनालबीचको वार्तामा ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २४ मंगलबार
sher-bahadur-deuba-jhalanath-khanal.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नेतृत्वको प्रतिनिधिमण्डलले भेट गरी नेपालको चियालाई भारतले थप ४० प्रतिशत कर लगाएको विषयमा ध्यानाकर्षण गराएको छ ।

पूर्व प्रधानमन्त्री खनाल नेतृत्वको प्रतिनिधिमण्डलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज प्रधानमन्त्री देउवासँग भेट गरेको हो । सो अवसरमा स्वदेशी चिया व्यवसायीको समस्याका विषयमा भएको छलफलपछि प्रधानमन्त्री देउवाले समस्या समाधानका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पूर्व प्रधानमन्त्री खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए । 

उक्त भेटमा प्रधानमन्त्री देउवा र नेता खनालबीच समसामयिक राष्ट्रिय राजनीति, राष्ट्रिय अर्थतन्त्र र विदेश नीति,  आगामी निर्वाचन र गठबन्धन लगायतको विषयमासमेत छलफल भएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ