डोटी । डोटीका दश वटा विद्यालयलाई असि लाखको सामग्री एक कार्यक्रमबीच हस्तान्तरण गरिएको छ । शिक्षणमा सिकाईमा सूचना तथा प्रविधिको प्रयोगबाट सामुदायिक विद्ययालयहरुको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यका साथ ती सामग्री हस्तान्तरण गरिएको हो ।
कम्प्युटर शिक्षाका लागि प्रत्येक विद्यालयहरुलाई आठ लाखको सामग्री हस्तान्तर गरिएकोे युनाइटेड मिसन टु नेपाल (युएमएन) डोटी क्लस्टर टिम लिडर धनमाया गुरुङले बताइन् । सो रकममा शिक्षकको तालिम तथा ढुवानी खर्चलाई समेत समावेश गरेको उनले जानकारी दिइन् । जिल्लाका दश विद्यालयमा २० थानका दरले २ सय थान कम्प्युटर हस्तान्तर गरिएको छ ।
डिजिटल शिक्षामा रहेको ग्याप हटाउन र सामुदायिक विद्यालका विद्यार्थीहरुको पहुँच बढाउनु यसको मुख्य लक्ष्य रहेको गुरुङले बताए । जिल्लाका साजेन्दे्रश्वर उमावि फुलौट, राधा कृष्ण उमावि गोपघाट, केदारेश्वर उमावि कफल्लेकी, भगवती उमावि तलरा, सरस्वती उमावि रानागाउँ, सीताराम क्याम्पस उच्चाकोट, शारदा उमावि मुडभरा, वीरेन्द्र उमावि घाङ्गल, बर्छैन उमावि बर्छैन र रामपुर उच्च माध्यमिक विद्ययालय बुडरलाई हस्तान्तरण गरिएको छ । सो सामग्रीबाट ती विद्ययालयका ५ हजार एक सय अठार विद्यार्थी लाभान्वित हुने बताइएको छ ।
हस्तारण कार्यक्रममा स्थानिय विकास अधिकारी कृष्ण गौतमले कम्पुटर विनाको शिक्षा अधुरो रहेको भन्दै प्रयोग गरेनौ भने पछि परिने धारणा राखे । उनले भने, ‘जुन विद्यालयमा कम्पुटर हस्तातरण गरिएका छन् । भोलिका दिनमा कसैका घर भित्र भेटियो भने राम्रो हुँदैन ।’ विधि,अनुसाशन र सिस्टमका साथ अघि बढ्नु होला ।
जिल्ला शिक्षा अधिकारी बसन्त कुमार खत्रीले संचारको जगतमा सूचनाको प्रविधिमा हामी सक्षम नभएसम्म शिक्षण सिकाई प्रभावकारी हुन नसक्ने बताए । उनले भने, ‘राम्रो गर्ने विद्यालयका लागि सहयोग गर्ने सयौं हातहरु छन् ।’ आजै देखि उत्कृष्ट विद्यालयको सूचीमा नाम लेखाउन तर्फ लाग्नुन् ।
कार्यक्रममा बोल्दै केदारेश्वर उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापक गगन कार्कीले यो सहयोगका कारण दूर दराजका सबै विद्यार्थी र शिक्षक सूचनाको पुहँचमा पुग्ने तथा प्रविधिसंग जोडिने बताए । उनले भने, ‘परम्परागत शिक्षण शैली भित्र नवीन शैली भित्रिएको छ । जसमा हामी खुशी छौं ।’