arrow

एमाले १० औं नम्बरमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन २५ बुधबार
uml-cpn.jpg

काठमाडौं । नेकपा एमालेले चुनावका लागि दल दर्ता गराएको छ । निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचन गराउने भएसँगै एमालेले मङ्गलवार दल दर्ता गराएको हो ।

 दल दर्ता गराउन एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल लगायतका नेता निर्वाचन आयोग पुगेका थिए  । 

नेकपा एमाले १० औं नम्बरमा दर्ता भएको छ । 

दल दर्तापछि महासचिव पोखरेलले दल दर्ता सँगै नेकपा एमाले निर्वाचनको तयारीमा विधिवतरुपमा प्रवेश गरेको बताए । 

उनले राजनीतिक दलहरू चुनावमा गठबन्धन बनाएर जानु आफ्नो सामर्थ्यमाथि अविश्वास गर्नु रहेको टिप्पणी गरे ।  

उनले पाँच दलीय गठबन्धन नीति, उद्देश्य र लक्ष्यका प्रश्नमा स्पष्ट नभएको बताउँदै यसले मुलुकलाई सहिबाटो लैजान नसक्ने आरोप लगाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ